हालाण्ड अनुबन्ध गर्न सिटी तयार
मंगलबार, बैशाख ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नर्वेजियन युवा स्ट्राइकर अर्लिङ हालाण्ड अनुबन्धका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटी तयार भएको छ ।
जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा फरवार्डलाई यसै समरमा क्लबमा भित्र्याउन सिटी तयार भएको स्काई स्पोर्ट्सले जनाएको छ ।
डर्टमण्डले हालाण्डको रिलिज क्लउज ७५ मिलियन युरो राखेको छ । उक्त रकम तिर्न सिटी तयार भएको बताईएको छ । सिटीले हालाण्डसँग केहि दिनमा सम्झौता गर्ने बताईएको छ ।
सिटीले हालाण्डसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ । सिटीसँग सम्झौता भएमा हालाण्ड सर्वाधिक कमाउने खेलाडी बन्ने छन् ।
२१ वर्षीय हालाण्ड आरबी लाइपजिगबाट डर्टमण्ड आएका थिए । डर्टमण्डका लागि उनले ८५ खेलमा ८२ गोल गरिसकेका छन् ।
हालाण्ड अनुबन्ध गर्न सिटी तयार






-1763309767672.webp&w=3840&q=75)






