काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ ।
मंगलबार हुने एक मात्र खेलमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
नवप्रवेशी लखनउ आज पाँचौ जित निकाल्ने योजनामा रहेको छ ।
लखनउ ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बैंगलोर पनि पनि पाँचौ जितको खोजीमा हुनेछ ।
बैंगलोर ६ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।