काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजको कार दुर्घटनामा परेको छ ।
प्रशिक्षणका लागि मैदान जाने क्रममा सोमबार ब्रुनोको कार दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेपनि दुबै पक्षलाई गम्भीर चोटपटक नलागेको बताईएको छ।
२७ वर्षीय ब्रुनोले अभ्यास गरेको बताईएको छ।
'उनी ठिक थिए । भोलिका लागि उनी ठिक हुनेछन्,' राल्फ राङनिकले भने ।
प्रिमियर लिगमा युनाईटेडले आज राति प्रतिस्पर्धा गर्नेछ ।
