रोनीको टोली डर्बी रेलिगेसनमा
मंगलबार, बैशाख ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । वायन रुनीको प्रशिक्षणमा रहेको डर्बी काउन्टी च्याम्पियनसिपबाट रेलिगेसनमा परेको छ ।
सोमबार राति क्विन्स पार्क रेन्जर्ससँग १-० ले पराजित भएपछि डर्बी रेलिगेसनमा परेको हो ।
क्विन्सको जितमा आमोसले ८८ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै खेलको इन्जुरी समयमा लरेन्सले रातो कार्ड पाएपछि डर्बी १० खेलाडीमा समेटिएको थियो ।
रेलिगेसनमा परेसँगै डर्बीले १९८६ पछि पहिलो पटक तेस्रो डिभिजनको लिग खेल्ने भएको छ ।
डर्बी ३१ अंक जोडेर २३ औं स्थानमा रहेको छ ।
क्विन्स पार्क ६३ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ ।
रोनीको टोली डर्बी रेलिगेसनमा






-1763309767672.webp&w=3840&q=75)






