काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।
सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले स्तब्ध भएको हो ।
बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो ।
काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे ।
उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ ।
काडिज १६ औं स्थानमा रहेको छ ।
बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।