रोनाल्डोका नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु
सोमबार, बैशाख ५, २०७९खेलपाटी संवाददाता
काठमाडौं । म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ ।
रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन् ।
रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएका थिए ।
रोनाल्डोले छोराको मृत्यु भएको र छोरी जीवित रहेको जनाएका छन् ।
रोनाल्डोका यस अघि पनि जुम्ल्याहा सन्तान रहेका छन् ।
रोनाल्डोका यस अघि नै चार सन्तान रहेका छन् ।
रोनाल्डोका नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु






-1763309767672.webp&w=3840&q=75)






