भरतपुर । स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलमा महेन्द्र ट्याक्टर पटिहानी एफसीले विजयी सुरुआत गरेको छ ।
सोमबार भएको खेलमा कालिका स्पोर्ट्स एकेडेमीलाई २-१ ले हराउँदै पटिहानीले सुखद सुरुआत गरेको हो ।
पटिहानीको जितमा रितेश क्षेत्रीले दुई गोल गरे । उनी खेलको म्यान अफ दि म्याच चुनिए ।
कालिकाका मनिष तामाङले एक गोल फर्काए ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १२ टोली सहभागी छन् ।
१५ गतेसम्म प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष विजय घलेले जानकारी गराए ।