काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ ।
आइतबार राति दोस्रो स्थानको मार्सेलीलाई २-१ गोल अन्तरले हराएसँगै पीएसजी उपाधि नजिक पुगेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै मार्सेलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।
यस जितसँगै पीएसजीले लिगमा १५ अंकको अग्रता बनाएको छ ।
पीएसजीले ३२ खेलमा ७४ अंक जोडेको छ ।
मार्सेलीले ५९ अंक जोडेको छ ।