काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले सेभियालाई ३-२ गोल अन्तरले हराएको हो ।
सेभियाको मैदानमा दुई गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो ।
खेलको २१ औं मिनेटमा इभान राकिटिकले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै सेभियालाई २-० को अग्रता दिलाए ।

तर, खेलको ५० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए ।
खेलको ८२ औं मिनेटमा नाचोले गोल गर्दै रियललाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।

यस जितसँगै रियलले ३२ खेलमा ७५ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा रहेको छ ।
सेभिया ६० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।