काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हराएको हो ।
एट्लेटिकोलाई जित दिलाउन यानिक कारास्कोले दुबै गोल गरे ।
खेलको ५२ औं मिनेटमा यानिकले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
७१ औं मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।

खेलको ७४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दै स्पानियोललाई १-१ को बराबरीमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा यानिकले पेनाल्टीबाट गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले ३२ खेलमा ६० अंक जोडेको छ ।
एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।