चेल्सी एफए कपको फाइनलमा
आइतबार, बैशाख ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो ।
चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले एक एक गोल गरे ।
वेम्बली स्टेडियममा ६५ औं मिनेटमा रुबेनले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
अब चेल्सीले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।
म्यानचेस्टर सिटीलाई ३-२ गोल अन्तरले हराउँदै लिभरपुल उपाधि नजिक पुगिसकेको छ ।
चेल्सी एफए कपको फाइनलमा













