लेस्टर न्युकासलसँग पराजित
आइतबार, ०४ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा लेस्टर न्युकासल युनाईटेडसँग २-१ ले पराजित भएको हो ।
न्युकासललाई जित दिलाउन ब्रुनो गुइमारेसले दुई गोल गरे ।
लेस्टरका लागि लुकम्यानले एक गोल फर्काए ।
जितसँगै न्युकासलले ३२ खेलमा ३७ अंक जोडेको छ ।
न्युकासल १४ औं स्थानमा रहेको छ ।
लेस्टर ४० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा वेस्ट ह्याम र बर्नलीले १-१ गोलको बराबरी खेलेका छन् ।
लेस्टर न्युकासलसँग पराजित







-1775795080923.webp&w=3840&q=75)





