काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले अर्मिनियालाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको दशौँ मिनेटमा ज्याकोबले आत्मघाती गोल गरेपछि बायर्नले सुरुआती अग्रता लिएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।
यस जितसँगै बायर्नले ३० खेलमा ७२ अंक जोडेको छ ।
अर्मिनियाले ३० खेलमा २६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।