भरतपुर । स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलमा एफसी भरतपुर ९ ले विजयी सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा आकाश ट्राभल्स हातेमालो एफसीलाई टाइब्रेकरमा हराउँदै भरतपुरले सुखद सुरुआत गरेको हो ।
भरतपुर-१९ स्थित शारदानगर माविको मैदानमा निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टी अघि भरतपुरका लागि मिलन दुरा र रोजल दाहालले एक एक गोल गरे ।
आकाश ट्राभल्सका प्रताब भट्ट र आश्विन लोले एक एक गोल गरे ।
भरतपुरका रोजल खेलको म्यान अफ दि म्याच चुनिए ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा १२ टोली सहभागी छन् ।
१५ गतेसम्म प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष विजय घलेले जानकारी गराए ।