काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार नर्विचविरुद्ध ह्याट्रिक पूरा गरे ।
रोनाल्डोको ह्याट्रिकसँगै युनाईटेडले प्रिमियर लिगमा नर्विचलाई ३-२ ले पराजित गर्यो । त्यसमध्ये एक गोल उनको विशिष्ट पाराको हेडबाट थियो भने अर्को २० यार्डको फ्रि किकबाट ।
नर्विचविरुद्धको ह्याट्रिक गरेसँगै ३७ वर्षीय रोनाल्डो चर्चामा आए । उनको यो करियरको ६० औं ह्याट्रिक थियो ।
विश्व फुटबलमा अहिले खेल्दै गरेका मध्ये सर्वाधिक धेरै ह्याट्रिक गर्ने कीर्तिमान रोनाल्डोकै नाममा रहेको छ ।
रोनाल्डोले रियल मड्रिडबाट खेल्दा सर्वाधिक ४४ ह्याट्रिक गरेका छन् । उनले युनाईटेड र युभेन्ट्सका लागि ३/३ तथा पोर्चुगलका लागि १० ह्याट्रिक गरेका छन् ।
रोनाल्डोपछि सर्वाधिक ह्याट्रिक गर्नेमा पीएसजीका लियोनल मेस्सी रहेका छन् । अर्जेन्टिनाका मेस्सीले ५४ ह्याट्रिक गरेका छन् ।
फुटबलमा सर्वाधिक ह्याट्रिक गर्ने १० खेलाडी -
क्रिस्टियानो रोनाल्डो - ६०
लियोनल मेस्सी - ५४
रोबर्ट लेवान्डोस्की - २९
लुइस स्वारेज - २१
ह्यारी केन -१८
मारियो गोमेज - १८
सर्जियो अग्युरो - १८
ज्लाटन इब्राहिमोबीच - १७
एडिन्सन काभानी -१५
पिएरे एम्रिक आबुमियाङ - १२