काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मैदानमा मार्सेलीका समर्थकहरुलाई खेल हेर्न प्रतिबन्ध लागेको छ ।
लिग वान अन्तर्गत मार्सेलीले आइतबार राति पार्क डे प्रिन्सेसमा पीएसजीको सामना गर्दैछ । तर, पीएसजीको मैदानमा मार्सेलीका समर्थकहरुलाई खेल हेर्न प्रतिबन्ध लागेको छ ।
दुई समर्थकहरुबीचको दुश्मनताको कारण खेल हेर्न रोक लगाईएको हो । २०१८ को फेब्रुअरीपछि दुबै टोलीका समर्थकहरु अवे मैदानमा गएर खेल हेरेका छैनन् ।
पीएसजी लिग वानको शीर्ष स्थानमा रहेको छ ।
मार्सेली दोस्रो स्थानमा रहेको छ । पीएसजी मार्सेली भन्दा १२ अंकले अघि रहेको छ ।