काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्स ९ खेलाडीमा सिमित बोलोग्नासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्स हारबाट जोगिएको हो ।
त्यसअघि खेलको ५२ औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई सुरुआती अग्रता दिलाएका थिए ।
यस्तै खेलको ८४ औं मिनेटमा एडमा सौमाओरो र ग्यारी मेडेलले रातो कार्ड पाएपछि बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
बोलोग्ना ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।