काठमाडौं । लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३-२ गोल अन्तरले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो ।
लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे । इब्राहिमा कोनाटेको नाममा एक रह्यो ।
सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक एक गोल फर्काए ।

वेम्बली स्टेडियममा इब्राहिमाले नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
४५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-० ले अघि रह्यो ।

खेलको ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा सिटीका सिल्भाले गोल गरेपनि लिभरपुल ३-२ ले विजयी भयो ।
अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ ।
