काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले हार व्यहोरेको छ ।
शनिबार राति भएको खेलमा आर्सनल साउथह्याम्पटनसँग १-० ले पराजित भएको हो ।
साउथह्याम्पटनलाई जित दिलाउन जान बेडनारेकले निर्णायक गोल गरे ।
उनले खेलको ४४ औं मिनेटमा गोल गरे ।
जितसँगै साउथह्याम्पटनले ३२ खेलमा ३९ अंक जोडेको छ ।
साउथह्याम्पटन १२ औं स्थानमा रहेको छ ।
आर्सनल ५४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा टोटेनहमलाई ब्राइटनले १-० ले हराएको छ ।
यस्तै ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ ले हराएको छ ।