युनाईटेडको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडले नर्विच सिटीलाई ३-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे ।
खेलको सातौं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
३२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
पहिलो हाफको इन्जुरी समयमा केइरन डोवेलले गोल गर्दै नर्विचलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५२ औं मिनेटमा टिमु पुकीले गोल गर्दै नर्विचलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।
रोनाल्डोको यो करियरको ६० औं ह्याट्रिक हो ।
जितसँगै युनाईटेडले ३२ खेलमा ५४ अंक जोडेको छ । युनाईटेड पाँचौं स्थानमा रहेको छ ।
नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ ।






-1763309767672.webp&w=3840&q=75)






