धनगढी । विभागीय टोली नेपाल पुलिस क्लबले प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
धनगढी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १-० ले हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो ।
पुलिसलाई जित दिलाउन रेखा पौडेलले ५९ औं मिनेटमा निर्णायक गोल गरिन् ।
वनदेवी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहेको छ ।
गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।