काठमाडौं । नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्षमा राजेन्द्र तामाङ निर्वाचित भएका छन् ।
चितवनको सौराहामा शनिबार भएको अधिवेशनबाट तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा यम प्रसाद गुरुङ, सुरेन्द्र बहादुर तामाङ र समिर नेम्कुल निर्वाचित भए ।
सदस्यमा अर्जुन चौधरी,मन्जित पुन,सनोज श्रेष्ठ, बिमन श्रेष्ठ, रामचन्द्र थापा, बिजय श्रेष्ठ,धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, बिनोद महर्जन, अनिल तामाङ र महिला सदस्यमा भगवती रानामगर निर्वाचित भए ।
निर्वाचित सदस्य सबै निर्विरोध चुनिएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन अघि प्रशिक्षक संघले अधिवेशन गरेको हो ।
एन्फाको निर्वाचन आगामी असार ६ गते हुनेछ ।
एन्फा निर्वाचनमा प्रशिक्षक संघलाई १ मताधिकार रहेको छ ।

