शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एएफसी एसियन कप छनोट : उत्कृष्ट प्रदर्शनको आशा

शनिबार, ०३ बैशाख २०७९खेलपाटी संवाददाता
एएफसी एसियन कप छनोट : उत्कृष्ट प्रदर्शनको आशा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउदैछ । आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेका छन् ।

कठिन मानिएको समूहमा रहेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शनको आशा राखेको छ । नेपाली टोलीले यस छनोटलाई महत्वपूर्ण प्रतियोगिताको रुपमा लिएको छ ।

नेपाली टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्द तरिकाले तयारी गरिरहेको बताउछन् ।

'ट्रेनिङ हिजोबाट सुरु भयो । हाम्रो फोकस एसियन छनोटमा छ । राम्रो योजनाहरु भएको छ । त्यहिँ हिसाबले गैरहेका छौँ,' शनिबार संचारकर्मीसँग कुरा गर्दै रोहितले भने, 'खेलाडीको रुपमा जुनैपनि प्रतियोगिता महत्वपूर्ण हुन्छ । अन्य प्रतियोगिता जस्तै यो पनि हाम्रो लागि महत्वपूर्ण छ । महत्वपूर्ण प्रतियोगिताको रुपमा लिएका छौँ । माथिल्लो स्तरमा जानु छ भने हामीले बलियो टिमसँग प्रतिस्पर्धा गर्न सक्नु पर्छ ।' 

No description available.

छनोटमा नेपाल  समूह 'ए' मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

यस समूहबाट नेपालको छनोट हुने संभवाना न्यून रहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने बताईसकेका छन् ।

छनोटको सम्भावना कम भएपनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको चन्दले बताए ।

'प्रशिक्षकले दुई पाटोमा बोल्नु भएको छ । हामी कोचिङ पाटोमा सोचिरहेका छौँ । त्यहिँ हो प्रशिक्षकले भने अनुसार हाम्रो सम्भावना एकदमै कम छ तर हामीले हाम्रो सक्ने ट्राइ गर्ने हो । हामीले हाम्रो बेस्ट दिने हो त्यसको तयारीमा छौँ । आशा छ हामीले राम्रो गर्छौ,' चन्दले भने ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

नेपाली टोलीका नियमित सदस्य सुजल श्रेष्ठ भने टोलीको लक्ष्य एसियन कपमा छनोट हुने रहेको दाबी गर्छन । उनले छनोटमा गर्व गर्न लायक प्रदर्शन गर्ने बताए ।

'यो टिम सक्षम छ । युवा र सिनियरको मिश्रित भएर टिम राम्रो देखिन्छ । हिजोबाट ट्रेनिङ सुरु भएको छ । दुई दिन राम्रो भएको छ र पछि राम्रो हुने आशा छ,' सुजलले भने, 'प्रशिक्षकले हिजो भनेका कुरा हामीले पढ्यौं । तर, खेलाडी र प्रशिक्षकको मनमा एउटा लक्ष्य छ । हाम्रो टिम राष्ट्रलाई गर्व बनाउने ठाउँ बनाउदै छौँ  । प्रशिक्षकले छनोट हुन्नौ भन्नु भएको छ तर मनमा हाम्रो लक्ष्य छनोट हुने नैछ । देशको लागि गर्व गर्न लायक खेल प्रस्तुत गर्छौ ।'

No description available.

सुजलले प्रशिक्षकको अभिव्यक्तिले टोलीलाई कुनैपनि नकारात्मक असर नगरेको बताए ।  उनले छनोटमा पहिले जस्तै दबाबरहित तरिकाले खेल्ने बताए ।

'हिजोको कुराले हामीलाई केहिपनि असर परेको छैन । टिममा पनि कुरा भएको छैन । पहिले पनि स्वतन्त्र रुपमा खेल्थ्यौं । अहिले पनि स्वतन्त्र खेल्छौं,' सुजलले थपे ।

सुजलले छनोटमा आफुहरु पुरानो नतिजामा केन्द्रित नहुने समेत बताए ।

'हाम्रो समूह ग्रुप अफ डेथ टाइपको छ । सबैले देखि हाल्नु भएको छ । इतिहासमा हामी कुवेत जोर्डनसँग पराजित भएका छौँ,' सुजल भन्छन्, 'तर हाम्रो लक्ष्य पहिलेको नतिजालाई हेरर नभई टिमलाई कसरि अघि बढाउने र मजबुत बनाउन सक्छौं त्यसमा सोचिरहेका छौँ ।'

छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । यस्तै ५ समूहको उत्कृष्ट दोस्रो टोलीले समेत चीनको टिकट पक्का गर्नेछ ।

No description available.

Loading ad...
LiNing Ad
एएफसी एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शनको आशा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोमाको कमब्याक

रोमाको कमब्याक

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने