मिलानको सहज जित
शनिबार, ०३ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा मिलानले जिनोआलाई २-० ले हराएको छ ।
मिलानलाई जित दिलाउन राफेल लिओ र जुनियर मेस्सीअसले एक एक गोल गरे ।
खेलको ११ औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा जुनियरले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
जितसँगै मिलानले ३३ खेलमा ७१ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा रहेको छ ।
जिनोआ २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
मिलानको सहज जित






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





