माटिचले युनाईटेड छाड्ने
शुक्रबार, ०२ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर नेमान्जा माटिचले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।
सर्बियन मिडफिल्डर माटिचले शुक्रबार सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका छन् ।
युनाईटेडले समेत माटिचले क्लब छाड्ने पुष्टि गरेको छ ।
३३ वर्षीय मिडफिल्डर माटिच २०१७ मा चेल्सीबाट युनाईटेड आएका थिए ।
माटिचले युनाईटेडका लागि १ सय ८३ खेल खेलिसकेका छन् ।
माटिचले युनाईटेड छाड्ने






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





