विशाल गुरुङ स्मृति फुटबल हुने
शुक्रबार, ०२ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । चितवनमा स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
शारदानगर चितवनमा बैशाख ३ गतेबाट १५ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।
रामपुर फुटबल क्लब र शारदा युवा क्लबको आयोजनामा हुने प्रतियोगिता १२ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटनमा शारदा युवा क्लब र नारायणी मोटर्स युनिक एफसीबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष बिजय घलेले जानकारी गराए ।

विशाल गुरुङ स्मृति फुटबल हुने






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





