स्कटल्याण्ड र युक्रेनबीचको खेल जुन १ मा
बिहिबार, ०१ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्डबीचको प्ले अफ सेमिफाइनल खेल आगामी जुनमा हुने भएको छ।
युक्रेन र स्कटल्याण्डबीचको स्थगित खेल जुन १ मा हुने भएको हो ।
यस अघि युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ हुने तालिका रहेको थियो ।
तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो । रुसले युक्रेनमाथि युद्दको घोषणा गर्दै आक्रमण सुरु गरेपछि युक्रेनले स्थगित गर्न आग्रह गरेको थियो ।
यस खेलको विजेताले वेल्ससँग जुन ४ मा खेल्ने तालिका रहेको छ ।
विजेता टोलीले कतार विश्वकपमा स्थान बनाउने छन् ।
फिफा विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ ।
स्कटल्याण्ड र युक्रेनबीचको खेल जुन १ मा






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





