नाबरुङलाई उपाधि
बिहिबार, ०१ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । तनहुँमा आयोजना भएको प्रथम रंगनाथ पौडेल स्मृति वडा स्तरीय सेभेन 'ए' साइड फुटबल प्रतियोगिताको उपाधि नाबरुङ युवा क्लबले जितेको छ।
बिहीबार भएको फाइनलमा जनसेवा युवा क्लब बारीफाटलाई हराउँदै नाबरुङले उपाधि जितेको हो ।
उपाधिसँगै नाबरुङले २० हजार प्राप्त गरेको छ ।
हटिया काडेपानी युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ ।
भानु नगरपालिका-५ ले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
नाबरुङलाई उपाधि






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





