एरिक युनाईटेडको प्रशिक्षक बन्न सहमत
बिहिबार, ०१ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले डच प्रशिक्षक एरिक टेन ह्यागलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने पक्का भएको छ।
युनाईटेडले डच क्लब आयाक्सका मुख्य प्रशिक्षक रहेका एरिकलाई नियुक्त गर्ने पक्का भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
५२ वर्षीय प्रशिक्षक एरिकले युनाईटेडसँग सहमति गरेको बताईएको छ । तर, औपचारिक रुपमा युनाईटेडले केहि बताएको छैन ।
ओले गन सोल्सारलाई बर्खास्त गरेपछि युनाईटेड पनि मुख्य प्रशिक्षक विहीन रहेको छ।
युनाईटेडले अन्तरिम प्रशिक्षक राल्फ राङनिकको नेतृत्वमा खेलिरहेको छ ।
एरिक युनाईटेडको प्रशिक्षक बन्न सहमत






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





