दुर्घटनामा गम्भीर घाइते कोलम्बियाका पूर्व कप्तानको निधन
बिहिबार, ०१ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । कोलम्बिया फुटबल टिमका पूर्व कप्तान फ्रेडी रिनकोनको निधन भएको छ ।
कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको बिहीबार निधन भएको हो ।
कोलम्बियाको कालीमा भएको कार दुर्घटनामा उनले टाउकोको गम्भीर चोट बोकेका थिए ।
तर, उपचारको क्रममा उनको निधन भएको बीबीसीले जनाएको छ ।
रिनकोनले चलाएको कारलाई बसले ठक्कर दिएको थियो । उनीसँगै कारमा अन्य चार जना सवार थिए ।
बस चालक र बसमा सवार मानिसहरु समेत घाइते भएको बताईएको छ ।
रियल मड्रिडका पूर्व मिडफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए ।
रिनकोनले कोलम्बियाबाट तीन पटक विश्वकप खेलेका थिए ।
उनले इटालियन क्लब नापोलीबाट समेत खेलेका थिए ।
दुर्घटनामा गम्भीर घाइते कोलम्बियाका पूर्व कप्तानको निधन






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





