नेसन्स लिग फाइनल्स आयोजना गर्न ४ देशको दाबी
बिहिबार, ०१ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फाइनल्स आयोजनाका लागि चार राष्ट्रले दाबी पेश गरेका छन् ।
सन् २०२३ को फाइनल्स आयोजनाका लागि बेल्जियम, नेदरल्यान्ड्स, पोल्याण्ड र वेल्सले दाबी गरेको हो ।
यूईएफएले आयोजकको दाबी पेश गर्ने अन्तिम मिति अक्टोबर ५ सम्म तोकेको छ । आगामी जनवरीमा आयोजक राष्ट्रको घोषणा गरिनेछ ।
पछिल्लो संस्करणको फाइनल्स इटालीमा भएको थियो ।
फ्रान्सले स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।
नेसन्स लिग फाइनल्स आयोजना गर्न ४ देशको दाबी






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





