सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा
बिहिबार, ०१ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेलेको सिटी समग्रमा १-० को जितसहित अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको १-० को जितको कारण सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुबै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीले पाएका केहि अवसर गुमाएका थिए ।
यस्तै घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
खेलको इन्ज्युरी समयमा फिलिपेले दोहोरो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए ।
अब सिटीले सेमिफाइनलमा स्पेनकै रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





