महिला लिग : पहिलो चरण सकियो, एपीएफ शीर्ष स्थानमा
बुधबार, ३० चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको पहिलो चरणको खेलहरु सकिएको छ ।
चितवनको भरतपुरमा बुधबार अन्तिम दुई खेल सकिएसँगै पहिलो चरण सकिएको हो ।
बुधबार भएको पहिलो खेलमा ललितपुर महानगरपालिका र वालिङ नगरपालिकाले १-१ गोलको बराबरी खेलेका छन् ।
पहिलो चरणको अन्तिम खेलमा एपीएफ क्लबले विराटनगर महानगरपालिकालाई २-१ ले हराएको छ ।
पहिलो चरणको खेल सकिदा एपीएफ शीर्ष स्थानमा रहेको छ ।
एपीएफले ७ खेलमा २१ अंक जोड्यो ।
नेपाल पुलिस क्लब ७ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
यस्तै १५ अंक जोडेको त्रिभुवन आर्मी तेस्रो स्थानमा रहदा १२ अंक जोडेको धनगढी उपमहानगरपालिका चौंथो र १० अंक जोडेको विराटनगर पाँचौं स्थानमा रहेको छ ।
महिला लिग : पहिलो चरण सकियोएपीएफ शीर्ष स्थानमा






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





