काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ ।
एट्लेटिकोको मैदानमा हुने दोस्रो लेग खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ । पहिलो लेगमा सिटीले एट्लेटिकोलाई १-० ले हराएको थियो । पहिलो लेगमा निकालेको जितको कारण सिटीलाई केहि सहज हुनेछ ।
सिटीलाई दोस्रो लेगमा बराबरीले पुग्नेछ । घरेलु टोली एट्लेटिकोलाई भने २-० को स्पष्ट जित चाहिन्छ ।
यस्तै अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्नेछ । खेल लिभरपुलको मैदानमा हुनेछ ।
पहिलो लेगमा लिभरपुलले बेन्फिकालाई ३-१ ले हराएको थियो । त्यसैले घरेलु मैदानमा लिभरपुलले ढुक्कले खेल्नेछ । बेन्फिका भने उत्कृष्ट पुनरागमन गर्ने योजनामा रहेको छ ।