काठमाडौं । तनहुँमा प्रथम रंगनाथ पौडेल स्मृति वडा स्तरीय सेभेन 'ए' साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा जनसेवा युवा क्लब बारीफाटले देवी देउराली युवा क्लब बी लाई २-० ले हराएको छ ।
दोस्रो खेलमा नाबरुङ युवा क्लबले मैबलकोट कालिका युवा क्लबलाई ४-१ ले हराउँदा तेस्रो खे;मा देवी देउराली युवा क्लब ए ले पिपुल्स युवा क्लब पन्चनगरलाई २-१ ले हराएको छ ।
यस्तै चौंथो खेलमा ढाडखोला बिरुवा युवा क्लबले प्रगतिशील युवा क्लब स्याउलीलाई २-१ ले तथा पाँचौं खेलमा हटिया काडेपानी युवा क्लबले पिस हार्मोनी युवा क्लबलाई १-० ले हराएको छ ।
भानु नगरपालिका-५ ले आयोजना गरेको प्रतियोगिताको मुख्य अतिथि प्रकाश मल्लले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
विजेताले २० हजार नगद र उपाधि ट्रफी पाउने आयोजकले जनाएको छ ।