काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा धनगढी उपमहानगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको छ ।
चितवनको भरतपुरमा मंगलबार धनगढीले पुलिसलाई ३-२ गोल अन्तरले हराएको हो।
धनगढीको जितमा चन्द्रा भण्डारीले दुई तथा बिर्सन चौधरीले एक गोल गरिन् ।
पुलिसका रेखा पौडेलले दुई गोल फर्काइन ।
जितसँगै धनगढीले ६ खेलमा १२ अंक जोडेको छ ।
पुलिसले ७ खेलमा १५ अंक जोडेको छ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकालाई ५-० ले हराएको छ ।
आर्मीको जितमा शर्मिला थापा मगरले २ गोल गरिन् ।
विमला चौधरी, दिपा शाही र अमिशा कार्कीले एक एक गोल गरिन् ।
जितपछि आर्मीले ७ खेलमा १५ अंक जोडेको छ ।
चन्द्रपुरले ७ खेलमा ४ अंक जोडेको छ ।