काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा आज राति चेल्सीले रियल मड्रिडको सामना गर्दैछ ।
साविक विजेता समेत रहेको इंग्लिस क्लब चेल्सीले उसैको मैदानमा स्पेनिस क्लब रियलको सामना गर्नेछ । सान्टियागो बर्नबेउमा हुने खेल नेपाली समय अनुसार राति १२ : ४५ बजे सुरु हुनेछ ।
रियल घरेलु मैदानमा चेल्सीलाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ । घरेलु मैदानको फाईदा रहेको रियललाई पहिलो लेगको जितले थप उर्जा दिएको छ ।
चेल्सीको मैदानमा भएको पहिलो लेगमा रियलले ३-१ को जित निकालेको थियो । त्यसैले रियललाई दोस्रो लेग खेलमा बराबरीको नतिजाले पुग्नेछ ।
चेल्सीलाई भने उत्कृष्ट पुनरागमनको आवश्यकता रहेको छ । चेल्सीलाई अर्को चरणमा पुग्न ३-० को स्पष्ट जित आवश्यक छ । तर, रोमेलु लुकाकुको अनुपस्थितिले चेल्सीलाई थप समस्यामा पारेको छ । चोटका कारण उनले रियलसँगको खेल गुमाउने छन् ।
च्याम्पियन्स लिग अन्तर्गत नै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब भिल्ला रियलबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो लेगमा बायर्न १-० ले पराजित भएको थियो । तर घरेलु मैदानमा बायर्न पुनरागमन जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छ ।