पोखरामा भेट्रान फुटबल प्रतियोगिता हुने

पोखरा । पोखरामा बैशाख २ गतेदेखि प्रथम राष्ट्रिय ९ ए साईड भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पोखरा रंगशालामा बैशाख ६ गते सम्म प्रतियोगिता आयोजना हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नयाँ पिढीलाई खेलकुदमा लाग्न उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले बताए ।
प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् भने प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान रहेको छ । प्रतियोगितामा पोखरासहित काठमाडौं, वालिङ, सिमरा र हेटौडाबाट समेत गरी १९ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपालका विभिन्न क्लबहरुबाट व्यवसायिक फुटबल खेलिसकेका पूर्व राष्ट्रिय खेलाडीहरुको समेत प्रतियोगितामा सहभागिता रहने संयोजक गुरुङले बताए । मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सरकारले खेलकुद क्षेत्रलाई पर्याप्त बजेट छुट्टाउनुपर्ने बताए ।
विजेता टिमले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । सेमिफाईनल पुग्ने दुई टिमले ३०÷३० हजार नगद प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोकृष्ट खेलाडीले नगद २० हजार र गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले नगद १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ८ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





