काठमाडौं । कोलम्बिया फुटबल टिमका पूर्व कप्तान फ्रेडी रिनकोन कार दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्।
कोलम्बियाको कालीमा कार दुर्घटनामा उनले टाउकोको गम्भीर चोट बोकेको बताईएको छ ।
रिनकोनले चलाएको कारलाई बसले ठक्कर दिएको थियो । उनीसँगै कारमा अन्य चार जना सवार थिए ।
बस चालक र बसमा सवार मानिसहरु समेत घाइते भएको बताईएको छ ।
रियल मड्रिडका पूर्व मिडफिल्डर रिनकोनले कोलम्बियाका लागि १७ गोल गरेका छन् ।
५५ वर्षीय रिनकोनले कोलम्बियाबाट तीन पटक विश्वकप खेलेका थिए ।