पोखरा । कास्कीमा जारी सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएको छ ।
पोखरा रङ्गशाला स्थित वैकल्पिक खेलमैदान र पोखरा २५ हेम्जास्थित गौरी शंकर खेलमैदानमा गत २१ गतेदेखि सञ्चालनमा रहेको लिग चरणका खेल सोमबारबाट सकिएको हो ।
लिग चरणका खेल सकिएसँगै क्वाटरफाईनल खेल पोखरा रङ्गशालामा सञ्चालन गरिने खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो समुहबाट हेम्जा युनाईटेड क्लब ८ र नव आदर्श युवा क्लब १० अंक सहित अन्तिम आठमा प्रवेश गरेको छ ।
दोस्रो समुहबाट विष्णु पादुका क्लब ९ र ड्यामसाईड क्लब १० अंक सहित क्वाटरफाईलमा स्थान बनायो । तेस्रो समुहबाट सत्य युवा क्लब र शितलज्योती क्लब समान १२ अंक सहित छनौट भयो । अर्काे समुहबाट एलजी एशोसियसन ११ र भ्याली स्पोर्टस् क्लब १० अंक सहित क्वाटरफाईनलमा प्रवेश गर्याे ।
क्वाटरफाईनलका खेल मंगलबार पोखरा रङ्गशालामै हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो खेल नव आदर्श र शितलज्योती बिच हुनेछ । दोस्रो खेल सत्य युवा क्लब र हेम्जा युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो खेल ड्यामसाईड र भ्याली स्पोर्टसबिच हुने खेल हुनेछ । अन्तिम खेल विष्णुपादुका क्लबले एलजी एशोसियसनसँग प्रतिस्पर्धा गर्ने एन्फा कास्कीले जनाएको छ ।