बराबरीमा रोकियो मिलान
सोमबार, २८ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा मिलानले टोरिनोसँग गोलरहित बराबरी खेलेको हो ।
टोरिनोको घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा मिलानले बराबरी खेल्नु परेको हो ।
टोरिनोले पनि केहि मौका गुमाएको थियो ।
यस बराबरीसँगै मिलानले ३२ खेलमा ६८ अंक जोडेको छ ।
मिलान शीर्ष स्थानमा रहेको छ ।
मिलान दोस्रो स्थानको इन्टर भन्दा २ अंकले मात्र अघि रहेको छ ।
टोरिनो ३९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो मिलान






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





