काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
इतिहास स्टेडियममा घरेलु टोली सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ ।
खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३६ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

तर, ४६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको ६३ औं मिनेटमा सिटीका रहिम स्ट्रर्लिङले गरेको गोलले मान्यता पाएन । भीएआरले उनलाई अफसाइड देखाएको थियो ।
यस बराबरीसँगै लिगको उपाधि होड थप रोमान्चक बन्दै गएको छ ।
यस बराबरीसँगै सिटीले ३१ खेलमा ७४ अंक जोडेको छ ।
सिटी शीर्ष स्थानमा रहेको छ ।
लिभरपुल ३१ खेलमा ७३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।