काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लेस्टरले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ३९ औं मिनेटमा एडिमोला लुकम्यानले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा किएर्नन ड्युजबरी हलले गोल गर्दै लेस्टरलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा क्रिस्टलका विलफ्रेड जाहाले गोल गरेपनि लेस्टर २-१ ले विजयी भयो ।
जितसँगै लेस्टरले २९ खेलमा ४० अंक जोडेको छ ।
लेस्टर नवौं स्थानमा रहेको छ ।
क्रिस्टल प्यालेस ३१ खेलमा ३७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
अर्को खेलमा नर्विच सिटीले बर्नलीलाई २-० ले हराएको छ ।
ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २-० ले नै हराएको छ ।