• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिमियर लिग : 'दुई घोडाको दौड'
हेम राज हमाल
आइतबार, चैत २७, २०७८ हेम राज हमाल
प्रिमियर लिग : 'दुई घोडाको दौड'

काठमाडौं । इंग्लिस प्रिमियर लिगका दुई चिरपरिचित प्रतिद्वन्दी म्यानचेस्टर सिटी र लिभरपुल आईतबार निकै महत्वपूर्ण खेलमा आमनेसामने हुँदैछन् । जुन खेल केही हदसम्म‌ दुबै टिमको उपाधि दौडमा निर्णायक सावित हुने निश्चित छ ।

दुबै महारथी म्यानचेस्टर सिटी र लिभरपुल अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् । सिटी डिफेन्डिङ च्याम्पियन हो र तालिकाको शीर्ष स्थानमा उसको एक अंकको अग्रता छ । यो बिचमा जनवरीमा लिएको १४ अंकको अग्रता र त्यसको फाइदा उसले गुमाइसकेको छ ।

इतिहाद यात्रामा निस्कनु अघि लिभरपुल लगातार १० खेलमा अपराजित छ । लिगमा अब ७ खेल खेल्न बाँकी रहेको 'मर्सिसाइड' क्लब उपाधि दौडमा नजिक छ । उसले लिग लिडरलाई पराजित गरेमा 'ब्लु मुन' शीर्ष स्थानबाट हट्नेछ र लिभरपुलसँग २ अंकको अग्रता हुनेछ ।

गत वर्षको अक्टोबरमा यि दुई जायन्टहरु लिभरपुलको घर एनफिल्डमा भेटेका थिए । उक्त भेटमा कुनै टोलीको पक्षमा नतिजा नआएपनि सम्पुर्ण फुटबल जगतले यो खेलको तारिफ गर्यो । कारण २-२ को बराबरीमा सकिएको त्यो खेल प्रिमियर लिगको यो सिजनकै उत्कृष्ट खेल थियो ।

पछिल्लो १० बर्ष यता‌ सिटी र लिभरपुल बिचको खेललाई सर्वोत्कृष्ट स्तरमा दाँज्नेहरु बढिरहेका छन् । म्यानचेस्टर सिटीसँग आईतबारको खेल‌अघि लिभरपुलका लेजेन्ड जेमी कारगरले यस खेललाई इङलिस फुटबल इतिहासको सबैभन्दा ठूलो प्रतिद्वन्दी घोषणा गरेर 'हाइप' बढाइदिएका छन् ।

पूर्व डिफेन्डर जेमी भन्छन् 'यसलाई सन् १९९० को दशकको अन्त्यसम्म र सन् २००० को सुरुमा म्यानचेस्टर युनाइटेड र आर्सनल बीचको लडाईसँग तुलना गर्न सकिन्छ । लिभरपुलविरुद्ध म्यानचेस्टर सिटी इङलिस फुटबल इतिहासमा सबैभन्दा ठूलो, सबैभन्दा तीव्र र उच्च गुणस्तरको प्रतिद्वन्द्वी बनेको छ ।' कारगरले भने, 'यसमा एउटा विशिष्टता छ । यो पहिलो पटक हो कि इंग्ल्यान्डका दुई उत्कृष्ट टोलीहरू विश्वका दुई उत्कृष्ट टोली हुन्, जसको नेतृत्व तिनीहरूको पुस्ताका दुई उत्कृष्ट प्रशिक्षकहरूले गर्दै छन् ।'

जिमि थप्छन् 'म म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सीका प्रशंसकबाट असन्तुष्टि सुन्न सक्छु । किनभने म यो तर्क गर्छु, त्यहाँ धेरै धेरै हेड-टू-हेड तुलनाहरू गर्न सकिन्छ तर मैले सर एलेक्स फर्गुसन र आर्सेन वेंगर बिच युरोपेली प्रतिस्पर्धामा त्यो द्वन्द्व देखिन जुन अहिले सिटी र लिभरपुल ले देखाइरहेका छन्।'

सिटी र लिभरपुल बीचको प्रतिस्पर्धा 'बक्सको जादु' हो किनकी संसारका उत्कृष्ट खेलाडीहरु यि दुई क्लबमा छन् । केभिन डि ब्रुयना, मोहम्मद सलाह जस्ता खेलाडीहरु महान प्रशिक्षकहरू युर्गेन क्लोप र पेप गार्डियोलाद्वारा निर्देशित छन् । उनीहरूले एकअर्कालाई असाधारण स्तरमा धकेलिरहेका छन् ।

जर्मन पत्रकार गुइडो शेफर जसले जर्मनीबाट नै क्लोप (डर्टमन्ड) र पेप (बायर्न म्युनिख) विचको प्रतिस्पर्धा देख्दै आएका छन् । उनी भन्छन् 'पेपविरुद्धको प्रतिस्पर्धा क्लोपको लागि धेरै महत्त्वपूर्ण छ । यिनै ठूलो चुनौतीका कारण उनी विगतका वर्षहरूको तुलनामा धेरै राम्रो प्रशिक्षक हुन् ।'

पेपको आफ्नै मन, सोच र अनुभव छ । उनले बुझेका छन् कि उनलाई उत्कृष्ट खेलाडी, उत्कृष्ट फिजियो, उत्कृष्ट प्रशिक्षक, यहाँ सम्मकी बस चालक पनि उत्कृष्ट चाहिन्छ ।

क्लोप र पेप एकअर्कालाई उत्कृष्ट बनाउन दुबैको हात छ ।‌ एक अर्काबिरुद्ध गाली गलौज गरेर मात्र प्रतिद्वन्दी भइदैन । उनिहरु एक अर्काको सम्मानमा कुनै कसर बाँकी राख्दैनन् । त्यसैले यो 'फ्रेस हाइ प्रोफाइल राइभ्लरी' हो जुन शुद्ध छ ।

अझ पत्रकार सम्मेलनमा युर्गेन क्लोपले पेपलाई 'संसारकै सर्वोत्कृष्ट प्रशिक्षक भन्दै उनको प्रतिद्वन्दी हुनुमा साँच्चै खुसी' व्यक्त गरे ।

जवाफमा पेप ग्वार्डिवलाले भनेका छन् 'धन्यवाद युर्गेन, जब म भविष्यमा आफ्नो इंग्ल्यान्ड बसाई ‌सम्झिनेछु पक्कै पनि क्लोप र लिभरपुललाई आफ्नो सबैभन्दा ठुलो प्रतिद्वन्दी को रुपमा सम्झिने छु ।'

दुवै क्लबहरू सन् १९७६-७७ सिजनमा उपाधिको दौडमा थिए, यद्यपि लिभरपुल र म्यानचेस्टर सिटी बिचको आधुनिक प्रतिद्वन्द्वी सन् २०१० को दशकबाट सुरु भएको हो । सन् २०१३–१४ सिजनको उपाधिको लागि सिटीले अन्तिम दिनमा लिभरपुललाई मात्र दुई अंकले पराजित गरेको थियो । त्यसपछि क्लोपले लिभरपुल सम्हाले सन् २०१५ बाट । ग्वार्डिओला पनि जर्मनीबाट म्यानचेस्टर आइपुगे  र सुरु भयो इङलिस फुटबल को नयाँ अध्याय ।

सन् २०१५–१६ फुटबल लिग कपको फाइनलमा सिटीले लिभरपुललाई पेनाल्टीमा हराएको थियो ।

लिभरपुल र म्यानचेस्टर सिटी ‌पहिलो पटक च्याम्पियन्स लिग २०१७-१८ को क्वाटरफाइनलमा भिडे, जहाँ लिभरपुलले समग्रमा ५–१ को जित निकालेर फाइनल पुग्यो र प्रतियोगिता जित्यो ।

सिटीले २०१८-१९ सिजनको अन्तिम दिन फेरि उपाधि जित्यो । सिटीको ९८ अंक र लिभरपुलको ९७ अंक‌ हुँदा प्रिमियर लिग इतिहासकै तेस्रो र चौथो सर्वाधिक अंक थियो । अर्को सिजन लिभरपुलले उपाधि जित्यो, ९९ अंक (दोस्रो स्थानको सबैभन्दा उच्च प्रिमियर लिग अंक)‌, उपविजेता सिटी भन्दा १८ अंक माथि ।

लिभरपुल ३० बर्षको अन्तरालमा पहिलो पटक च्याम्पियन बनेपछि पहिलो खेलमा सिटीले लिभरपुललाई 'गार्ड अफ अनर' दिएको थियो ।

अझ महत्वपूर्ण तथ्य सन् २०१८-१९ पछिको प्रिमियर लिगमा अंकको योगफल गणना गर्दा मात्र सिटीले ३३८ र लिभरपुलले ३३७ अंक जोडेका छन् ।

समग्रमा प्रिमियर लिगमा मात्र नभई विश्व फुटबलका हरेक उपाधिमा दाबेदारको रुपमा दुबै टोली रहेका हुन्छन् । अहिले त यस्तो अवस्था आएको छ, विश्व को सबैभन्दा प्रतिस्पर्धात्मक र उत्कृष्ट लिग मानिने इङलिस प्रिमियर लिग लाई म्यानचेस्टर सिटी र लिभरपुलले मात्र 'दुई घोडाको' दौड बनाएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP