• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिटीविरुद्ध लिभरपुल : ईपीएलको अघोषित फाइनल
खेलपाटी संवाददाता
आइतबार, चैत २७, २०७८ खेलपाटी संवाददाता
सिटीविरुद्ध लिभरपुल : ईपीएलको अघोषित फाइनल
Photo - telegraph

काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आज आइतबार यो सिजनकै सबैभन्दा ठूलो भिडन्त हुँदैछ, जति बेला म्यानचेस्टर सिटीले इतिहाडमा लिभरपुलको आथित्य गर्नेछ । यो ईपीएलकै अघोषित फाइनल रहेको छ, किनभने यो खेलको नतिजाले धेरै हदसम्म लिग कसले जित्नेछ, त्यो निर्धारण गर्नेछ । पेप ग्वार्डिओलाको टिमको ७३ अंक छ र यो दोस्रो स्थानमा रहेको लिभरपुलमाथि खालि एक अंकको अग्रता मात्र हो, अनि लिगमा यो सातापछि खालि सात चरणका खेल मात्र बाँकी हुनेछन् ।

सिटीको घरमा आउँदा लिभरपुल माथिल्लो डिभिजनमा लगातार १० खेलको जितमा रहनेछ । तर पछिल्ला पाँच सिजनमा चौथो उपाधि जित्न सक्ने अवस्थामा रहेको सिटीले भने पछिल्ला पाँच खेलमा पाँच अंक गुमाइसकेको छ । फेब्रुअरीमा नरविचलाई हराएयता सिटीले लगभग लय गुमाएको स्थिति छ । लिभरपुलले यो खेल जित्छ भने अक्टोबर १ यता अंक तालिकामा ठोस अग्रता लिन सफल हुनेछ, यो भनेको त्यो दिनको अन्त्यमा ।

ईपीएलमा एउटा रमाइलो तथ्य के छ भने सिजनको अन्त्यतिर दुई शीर्ष टिमबीचका पछिल्ला १० खेलमा दोस्रोमा रहेकोले सात पल्ट जित निकालेको छ । अझ त्यसमा दोस्रोमा स्थानमा रहेको टिम लगातार पाँच पल्ट खेल जित्न सफल रहेको छ । लिभरपुल अहिले ऐतिहासिक सफलताको संघारमा छ, किनभने यस अगाडि नै लिगकप जितिसकेको यो टिमसामु अझै थप तीन उपाधि जित्ने अवसर, छ । सिटीसामु पनि तीन अवसर छन्, लिग, एफएकप र च्याम्पियन्स लिग।

Liverpool, Man City tie 2-2 in Premier League thriller | Daily Sabah

लिभरपुलको चुनौती पनि यी तीनै प्रतियोगितामा बाँकी छ । लिभरपुलका व्यवस्थापक योर्गन क्लोप मान्छन्, ‘अझै लामो बाटो तय गर्नु छ र यस्तो स्थितिमा टिमलाई उत्कृष्ट प्रदर्शनकै आवश्यकता पर्छ ।’ तथ्यांक विशेषज्ञहरूका अनुसार यदी आजको खेलमा सिटी विजयी रहे, उसले लिग उपाधि जितने सम्भावना ८६ प्रतिशत हुनेछ । यदी लिभरपुलले आजको खेल जिते, उसको लिग उपाधि जित्ने सम्भावना भने ६८ प्रतिशत हुनेछ । यस्तो किन त ?

यो खेलपछिका बाँकी सात खेलमा जहाँ सिटीका प्रतिद्वन्द्वी सजिला छन्, त्यहीं लिभरपुलका विपक्षी टिम भने बलिया छन् । यसमध्ये सिटीको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो, वेस्ट ह्याम । लिभरपुलले भने अझै म्यानचेस्टर युनाइटेड र टोटनहमविरुद्ध खेल्नुछ । यति मात्र होइन्, उसको अन्य प्रतिद्वन्द्वीमा एभरटन, न्युकासल युनाइटेड, एस्टन भिल्ला, साउथह्याम्पटन र उल्भ्स छन् । लिभरपुलका लागि पक्कै पनि अबका दिन सजिलो हुने छैन्, जति सिटीका लागि हुने अनुमान गर्न सकिन्छ । 

अहिले तत्काल भने सबैको ध्यान आजकै खेलको ९० मिनेटमा हुनेछ, जसले निर्णायक अर्थ राख्नेछ । क्लोप मान्छन्, ग्वार्डिओला विश्व फुटबलकै एक सर्वकालीन महान प्रशिक्षकमध्ये एक हुन् । अनि ग्वार्डिओलो पनि के मान्छन् भने उनले आफ्नो पूरा प्रशिक्षक जीवनमै क्लोप जत्तिको राम्रो प्रशिक्षकको सामना गर्नु परेको छैन् । यस्तोमा आजको खेलको नतिजा के हुने हो त ? सबै यही खेलको नतिजाको प्रतीक्षामा हुनेछन् र विश्वास गरौं, यो खेल अब्बल दर्जाको हुनेछ ।

–बीबीसीको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP