इन्टरको सहज जित
आइतबार, २७ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इन्टरले भेरोनालाई २-० गोल अन्तरले हराएको हो ।
इन्टरलाई जित दिलाउन निकोलो बरेला र इडेन जेकोले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा बरेलाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३० औं मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।
जितसँगै इन्टरले ३१ खेलमा ६६ अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानमा रहेको छ ।
भेरोना ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
इन्टरको सहज जित






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





