काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ।
शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६-१ गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।
खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो ।
१९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
खेलको ४२ औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २-१ को स्थितिमा ल्याए ।

७१ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजी ४-१ ले अघि रह्यो ।
८० औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ६-१ गोलको जित दिलाए ।
यस जितसँगै पीएसजीले ३१ खेलमा ७१ अंक जोडेको छ ।
पीएसजीले लिगमा १५ अंकको अग्रता बनाएको छ ।
क्लेरमोन्ट २८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।