काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले अग्स्बर्गलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले निर्णायक गोल गरे ।
लेवान्डोस्कीले खेलको ८२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

यस जितसँगै बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ ।
बायर्नले २९ खेलमा ६९ अंक जोडेको छ ।
दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ६० अंक रहेको छ ।
अग्स्बर्ग ३२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।