पुलिस र चन्द्रपुरको जित
शनिबार, २६ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।
चितवनको भरतपुरमा शनिबार भएको खेलमा पुलिसले ललितपुर महानगरपालिकालाई ३-० गोल अन्तरले हराएको हो।
जितसँगै पुलिसले ६ खेलमा १५ अंक जोडेको छ ।
ललितपुरले ६ खेलमा ३ अंक जोडेको छ ।
अर्को खेलमा चन्द्रपुर नगरपालिकाले वालिङ नगरपालिकालाई ३-१ ले हराएको छ ।
जितपछि चन्द्रपुरले ६ खेलमा ४ अंक जोडेको छ ।
वालिङले ६ खेलमा अंक जोडेको छ ।
पुलिस र चन्द्रपुरको जित






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





