काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।
शनिबार राति भएको खेलमा आर्सनललाई ब्राइटनले २-१ गोल अन्तरले हराएको हो ।
आर्सनल घरेलु मैदानमै पराजित भएको हो ।
खेलको २८ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।

खेलको ६६ औं मिनेटमा इनोक मेयुपेउले गोल गर्दै ब्राइटनको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा मार्टिन ओडेगार्डले एक गोल फर्काएपनि आर्सनल २-१ ले पराजित भयो ।
यस जितसँगै ब्राइटनले ३१ खेलमा ३७ अंक जोडेको छ ।
ब्राइटन ११ औं स्थानमा रहेको छ ।
आर्सनल ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।